Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सिरहा प्रहरीको सफलता: ठुलो परिमाणमा प्रतिवन्धित लागूऔषध सहित दुई युवक पक्राउ




November 14th, 2023

सिरहा, । सिरहा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध सहित दुई युवकलाई नियन्त्रणमा लिन सफल भएको छ। विभिन्न प्रकारका एकहजार चारसय ७५ एम्पुल प्रतिवन्धित लागुऔषध सहित पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजार नपा ४ बाट लहान नगरपालिका २० हरिनगराका ३५ वर्षिय  रामानद्य दास र लहान २१ का २१ वर्षिय अर्जुन कुमार रामलाई पक्राउ गर्न प्रहरी सफल भएको हो। IMG-20231010-WA0000

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुनिल कार्कीको कमाण्डमा लागू औषध नियन्त्रण ब्यूरो गोलबजार समेतको टोलीले गोलबजार ४ लोकमार्गमा चेकप्वाईन्ट थापी चेकजाँच गर्ने क्रममा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको बा. ६३ प ९१९६ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकल पछाडी सवार रामानन्द दासको साथबाट उक्त प्रतिवन्धित लागुऔषध सहित तीन थान मोबाईल समेत बरामद गरेको प्रहरीले जनाएको छ।

गोप्य सुचनाको आधारमा प्रहरीले प्रोमेट्साजिन हाइड्रोक्लोरिड २ एमएल चारसय ८७ एम्पुल, डाईजिपाम चार सय ९८ एम्पुल र बुप्रोनोरफिन चार सय ९० एम्वुल सहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी  रबिन्द्र राज पाण्डेले जानकारी दिए।

यस सम्वन्धमा पक्राउ गरिएका दुबैजनालाई आज म्याद थपगरी अनुसन्धान जारी गरी थप अनुसन्धान गरीरहेको जनाइएको छ।