Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जितिया पर्व अन्तर्गत आजदेखि निर्जल उपवास, भोली पारन





जनकपुरधाम ।
सन्तानको दीर्घायु तथा पारिवारिक सुख शान्तिको कामनासहित मनाइने जितिया पर्व अन्तर्गत आजदेखि निर्जल व्रत आरम्भ भएको छ ।
मिथिलाञ्चलमा पितराइन खुवाएर शुरु भएको जितिया पर्व अन्तर्गत मंगलबार र बुधबार साँझसम्म निराहार, निर्जल उपवास व्रतालु महिलाहरु गर्दैछन् । यसअघि व्रत गरेकी श्रद्धालु महिलाहरुले आज सूर्योदय हुन अगावै ओँगठन समेत गरेका छन् । ओंगठनमा अँकुरी, चुरा, दही तथा अमोट प्रसादको रुपमा ग्रहण गर्ने परम्परा रहेको छ । ओँगठनपश्चात विधिवत रुपमा जितिया पर्वको व्रत आरम्भ हुन्छ ।
तिथिको हेरफेरअनुसार यसपटक व्रतालु महिलाहरु मंगलबार बिहान ४ बजेदेखि बुधबार दिनभरि उपवास बस्नु पर्ने छ भने बुधबारकै दिन साँझ ५ः१५ बजे पारन गर्दै व्रत सम्पन्न गर्ने विश्वविद्यालय पञ्चांगमा उल्लेख छ ।