Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

‘धनुषामा सवारी दुर्घटनाको मुख्यकारण तीव्रगति तथा मोटरसाइकल’





जनकपुरधाम ।
धनुषा जिल्लामा सवारी दुर्घटनाको मुख्य कारण तीव्रगति तथा मोेटरसाइकल रहेको पाइएको छ । ट्राफिक कार्यालय जनकपुरधामको तथ्यांक अनुसार सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या घटेपनि सवारी दुर्घटना भने न्युन हुन नसकेको देखाउँछ । जसको मूल कारण तीव्रगति तथा मोटरसाइल नै रहेको उल्लेख छ । ट्राफिक कार्यालयको तथ्यांक अनुसार कुल सवारी दुर्घटनाको ६० प्रतिशत दुर्घटनाको कारण मोटरसाइकल रहेको छ । त्यस्तै सवारी दुर्घटनामा परेर मृत्यु हुनेमध्ये ६० प्रतिशतको मृत्युको कारण तीव्रगति रहेको पाइएको छ ।
गत आर्थिक वर्षमा धनुषा जिल्लाभरीमा १ हजार ५ सय ५५ सवारी दुुर्घटना भएको ट्राफिक कार्यालय जनकपुरधामका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए । उनका अनुसार कुल सवारी दुर्घटनामध्ये सबैभन्दा बढी १ हजार ८४ मोेटरसाइकल दुर्घटना रहेको छ । त्यस्तै ट्रैक्टर १ सय ९, ट्रक १२, ट्रिपर ९, डोजर दुर्घटना २ पटक गत अािर्थक वर्षमा भएको छ ।