Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

थुनुवा फरार घटनालाई लिएर दुई छानविन समिति गठन





जनकपुरधाम ।
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट थुनुवा फरार भएको घटनाको छानबिन गर्न छुट्टा छुट्टै दुई छानविन समिति गठन गरिएको छ । मधेस प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाले अलग अलग छानविन समिति गठन गरेको हो ।
मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपी सुरेन्द्र गुरुङको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । गुरुङका अनुसार समितिलाई १५ दिन म्याद दिइएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय धनुषाले पनि प्रहरी नायव उपरीक्षक रञ्जन अवाको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ ।
आइतबार राति जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको शौचालयको भेन्टिलेसन फोडेर ९ जना थुनुवा फरार भएका थिए ।
थुनुवा फरार भएको घटनापछि मधेश प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्य, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया लगायतले हिरासत कक्षको अवलोकन समेत गरेका छन् ।
थुनुवा भाग्नुमा प्रहरीको चरम लापरबाही रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरुले बताएका छन् ।