Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

फरार थुनुवामध्ये थप ३ पक्राउ, २ जना अझै फरार





जनकपुरधाम ।
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट फरार भएका थुनुवाहरुमध्ये थप ३ थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा लागूऔषध मुद्दाका जनकपुरधाम उपमहानगरपालिका २१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका ७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल र अभद्र व्यबहार मुद्दाका जनकपुरधाम उपमहानगरपालिका १का १७ वर्षीय सुमित मेस्तरलाई पक्राउ गरिएको हो । तीनैजनालाई धनुषाको लखौरीबाट पक्राउ गरिएको हो ।
यस अघि आजै फरार थुनुवाहरुमध्ये धनुषाको विदेह नगरपालिका ७ का २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा नगरपालिका १३ का ३३ वर्षीय अभास्कर कुमार यादव र अभद्र व्यबहार मुद्दाका जनकपुरधाम ४ का २२ वर्षीय विक्की कार्कीलाई पक्राउ गरिएको थियो । राति नै भेन्टिलेशन फोडेर भाग्ने क्रममा सत्यम झा जनकचोकबाट पक्राउ परेका थिए ।
फरार थुनुवामध्ये २ जना अझै फरार रहेको र उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए । नगराइन नगरपालिका २ का १८ वर्षीय मनिष मण्डल र औरही गाउँपालिका २ का २३ वर्षीय विशाल मुखिया अझै फरार छन् ।