Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

काठमाडौँ आई पुगे श्रीलंकाली पूर्वराष्ट्रपति राजापाक्षे





काठमाडौं ।
श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे काठमाडौं अवतरण गरेका छन् ।
उनी श्रीलंकन एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको काठमाडौंस्थित श्रीलकंन दूतावास स्रोतले पुष्टि गरेको छ ।
उनी व्यक्तिगत रुपमा लुम्बिनी भ्रमणका लागि नेपाल आएको स्रोतले बतायो । उनले नवलपरासीको शास्वतधामस्थित बुद्धिस्ट सेन्टरको भ्रमण गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ । भ्रमणको व्यवस्थापन नेपालस्थित श्रीलंकाली दूतावासले गरिरहेको छ ।
श्रीलंकामा आज मात्र नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिएका छन् ।
श्रीलंकामा भएको विशाल आन्दोलनपछि दुई वर्षअघि उनी देश छाडेर भाग्नु परेको थियो । पछि उनी पुनः श्रीलंका फर्केका थिए ।