Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रहरी कार्यालयवाट फरार भएका अधिकांश थुनुवा लागुऔषधको कारोवारी (फोटो सहित)





जनकपुरधाम
जिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार भएका अधिकांश थुनुवा लागुऔषधका कारोवारी रहेको प्रहरीले जनाएको छ ।
फरार हुनेमा जनकपुरधाम –२० रुपैठाका २५ वर्षिय अमित कुमार झा, विदेह नगरपालिका –७ का २६ वर्षिय रंजित मण्डल, विदेह नगरपालिका –७ का २४ वर्षिय रोशन कुमार मण्डल, सिरहानगरपालिका –१३ का ३३ वर्षिय अभाष्कर कुमार यादव, धनुषाको औरही गाउँपालिका –२, देउरी परवाहाका २३ वर्षिय विशाल मुखिया, नगराईन नगरपालिका २ का १८ वर्षिय मनिष मण्डल, जनकपुरधाम –४ का २२ वर्षिय
विक्की कार्की र जनकपुरधाम –१ का १७ वर्षिय सुमित मेस्तर (नाबालक) रहेका छन् ।
पक्राउ पर्नेमा ब्राउन सुगरको कारोबारीमा अमित झा, रोशन मण्डल, खैरो ह्रिोइनमा रंजित मण्डल, अभास्कर, लागु औषधमा विशाल मुखिया, मनिष मण्डल साइकल चोरी, सत्यम झा मोबाइल चोरी, सुमित मेस्तर साइकल चोरीमा संलग्न रहेका छन् । फरार भएकाहरुको खोजी कार्य जारी रहेको छ । एकजनालाई जनकपुरधामको जनक चोकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।