Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

श्रीलंकाको राष्ट्रपतिमा दिसानायके निर्वाचित





एजेन्सी ।
भ्रष्टाचारीलाई कडा कारबाही गर्ने वाचासहित चुनाव लडेका माक्र्सवादी नेता अनुरा कुमारा दिसानायके श्रीलंकाको राष्ट्रपति निर्वाचित भएका छन् ।
५६ वर्षीय दिसानायके जनता विमुक्ति पेरामुना (जेभीपी) पार्टीका नेता हुन् । जो गत २० वर्षदेखि सांसद थिए । पहिलो चरणमा कुनै उम्मेदवारले पनि ५० प्रतिशत र एक मत नपु¥याएपछि मतगणना दोस्रो चरणमा पुगेको थियो । जसमा मतदाताले दोस्रो र तेस्रो प्राथमिकतामा राखेका उम्मेदवारको मत गणना गरिएको थियो ।
पहिलो चरणको मतपरिणामअनुसार दिसानायकेले ४२.३६ प्रतिशत अर्थात् ५६ लाख मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी सजित प्रेमदासाको मत ३२.७२ प्रतिशत अर्थात् ४३ लाख ३० हजार छ ।
रनिल विक्रमासिंगे तेस्रो स्थानमा खुम्चेका छन् । उनले १७.२५ अर्थात् झण्डै २३ लाख मत पाए ।
२०२२ को आर्थिक संकटपछि भएको पहिलो निर्वाचनले मुलुकलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ । दिसानायकेले मुलुकमा व्यापक परिवर्तन ल्याउने, भ्रष्टाचार नसहने र गरिबलाई सहयोग पुग्ने आर्थिक नीति अवलम्बन गर्ने वाचा गरेका छन् ।
तर, ठूलो वैदेशिक ऋण र महँगीजस्ता समस्यासँग जुधिरहेको श्रीलंकाको संकट समाधान गर्न सजिलो नहुने विज्ञहरूको भनाइ छ ।