Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेश प्रदेश सभाको सचिवमा कोइराला नियुक्त, सभामुखले सपथ ग्रहण गराए





जनकपुरधाम
मधेश प्रदेश सभाको सचिवमा वासुप्रसाद कोइरालालाई नियुक्त गरिएको छ । नियुक्त भएका कोइरालालाई आजै सभामुख रामचन्द्र मण्डलले सपथग्रहण गराएका छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको उपस्थितिमा सभामुखले सपथ ग्रहण गराएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित सो कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयका अधिकारीहरु र प्रदेशसभाका अधिकारीहरुको उपस्थित रहेको थियो ।
महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्वर १२ स्थित घर भएका कोइरालालाई प्रदेशसभा सचिवालय सञ्चालन ऐन २०७९ को दफा ३ )क) बमोजिम सपथ ग्रहण गराइएको छ । साथै नेपालको संविधानको धारा १९५ को उपधारा (ख) बमोजिम सभामुखको सिफारिसमा प्रदेश प्रमुखले नियुक्त गरेका थिए ।