

जनकपुरधाम ।
नेपाल विद्युत कार्यालयको मधेस प्रदेश जनकपुरधामका प्रादेशिक प्रमुख निर्देशक मुनिन्द्र ठाकुरले क्षण क्षणमैै विद्युत जाने समस्यामा विद्युत कार्यालय दोषी नरहेको दावी गरेका छन् । उनले मोडेलखबरसंगको कुराकानीमा सबस्टेशनहरुको अभावका कारण क्षणक्षणमै विद्युत जाने समस्या चाहेरपनि समाधान हुन नसकेको बताए । यद्यपि यसमा विद्युत कार्यालय दोषी नरहेको निर्देशक ठाकुरले दावी गरे ।
उनले भने ‘विद्युतका पोलहरु लागेका बाटोमा बोट बिरुवाको हाँगाले तारले छोइदिँदा विद्युत्त जान्छ, हावाले पटक पटक रुखबिरुवाको हाँगाले विद्युत्तिय तारलाई छोइदिँदा क्षण क्षणमै विद्युत्त जान्छ, यसको निराकरण गर्नकालागि पर्याप्त सबस्टेशन निर्माण हुनु मात्रै विकल्प छ ।’
यता प्रदेशका ८ वटै जिल्लामा १३२ केभीको प्रसारण लाइन निर्माण कार्य समेत प्रगतिमा रहेको उनले जानकारी दिए । आउने ३ वर्ष भित्र ८ वटै जिल्लामा प्रसारण लाइन निर्माण कार्य सम्पन्न हुने गरी काम भईरहेको उनले बताए ।
नेपाल विद्युत कार्यालयको मधेस प्रदेश जनकपुरधामका प्रादेशिक प्रमुख निर्देशक मुनिन्द्र ठाकुरसंग गरिएको कुराकानी मोडेलखबरको युट्युब चैनल (9) Model Khabar – YouTube मा आज केही घण्टापछि हेर्न सकिन्छ ।
