

जनकपुरधाम ।
मैथिली विकास कोष जनकपुरधामको आयोजनामा एक दिवसीय कथा गोष्ठी सम्पन्न भएको छ । सो कथा गोष्ठीमा रितिका यादव प्रथम, स्नेहा चौधरी द्वितिय र विवेक झा तृतिय भएका छन् ।
विजयी कथाकारलाई वरिष्ठ समालोचक रोशन जनकपुरी, कवि प्रमोदकुमार झा, शिक्षिका अर्चना ठाकुर, गुड्डु झा, सुजीतकुमार झाले पुरस्कृत गर्नुभएको छ ।
दीवाकर ठाकुरको अध्यक्षतामा भएको सो कथा गोष्ठीमा अभिराज साह, अनुभव चौधरी, विवेक झा, अजय कामती, रिया यादव, अनु यादव, रितिका यादव, आकृति महासेठ, स्नेहा चौधरी, कुशल झा, हर्षनारायण, अमलेश कापरले कथा वाचन गरेका थिए ।
समारोहमा अस्मिता रानी ठाकुरले कविता तथा हेमा साह, दीवाकर ठाकुर हर्षनारयण, रिया यादव र अनुभव चौधरीले गीत गाएका थिए ।
समालोचक रोशन जनकपुरीले कथा लेखनको टिप्स दिएका थिए ।












