Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

ओली र मोदीबिचको भेटघाट निश्चित





काठमाडौँ ।
संयुक्त राष्ट्र सङ्घको कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच अमेरिकामा भेटघाट गर्ने समयतालिका तय भएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको सचिवालयले अमेरिकाको समय सेप्टेम्बर २२ तारिख साँझ ५ः३० बजे (नेपाली समय २३ तारिख बिहान ३ः४५ बजे) प्रधानमन्त्री ओलीसँगको भेटघाटको समय कार्यतालिकामा राखेको छ । तर त्यसमा स्टार लगाएर पनि राखेको छ । स्रोतले भन्यो –’स्टारको अर्थ समयमा तलमाथि हुनसक्छ तर साइडलाइन भेटवार्ता लगभग फिक्स नै हो ।’
पछिल्लो समय प्रधानमन्त्री ओलीले इपीजी र सीमा समस्याको बारेमा दिएको अभिव्यक्तिका कारण भारतसँग सम्बन्ध चिसिएको थियो । प्रधानमन्त्री मोदीले ती कुराहरूमा स्पष्ट हुन पनि भेट्न चाहेको स्रोतले जनाएको छ । यो भेटघाट पछि प्रधानमन्त्री ओलीको भारतसँगको अगामी सम्बन्ध बारे धेरै कुरा तय गर्नेछ ।
युएनमा सेप्टेम्बर १९ मा इजरायल र हमासको विषयमा भएको एक मतदानमा दुवै देश तटस्थ बसेका छन् । इजरायल ले कब्जा गरेको हमासको भूमी छाड्नु पर्ने प्रस्तावमा दुवै देश तटस्थ बसेका छन् ।