Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जसपा भित्र असन्तुष्टी बढ्दै, असन्तुष्टसंग सम्वादको तयारीमा उपेन्द्र





काठमाडौँ ।
जनता समाजवादी पार्टी नेपाल पार्टी भित्र देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न पार्टीभित्र छलफल भइरहेको छ । जेठमा सम्पन्न महाधिवेशनपछि गठन भएको पदाधिकारी, कार्यकारिणी सहितको केन्द्रीय समितिलाई लिएर पार्टीमा व्यापक असन्तुष्टि बढेको थियो ।
यतिसम्म भयो कि निर्वाचन आयोगमा उजुरी समेत प¥यो । पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी भएको कार्यक्रम बहिष्कार गर्ने कार्य पनि भयो । पार्टीले सञ्चालन गरेको अभियानलाई पनि ठाउँ ठाउँमा बहिष्कार गरे । कतिपयले पार्टी नै छाड्ने चेतावनी पनि दिए ।
सबभन्दा चिन्ताको विषय असन्तुष्ट नेताहरू अशोक राई नेतृत्वको जसपाको सम्पर्कमा पुगेका छन् कतिपय नेताहरू पार्टी पनि छाडि सकेका छन् । जसपाले पनि असन्तुष्ट नेताहरूसँग सम्पर्क गरिरहेको छ । अहिले नै जसपाले पार्टीका विभिन्न सङ्गठनलाई गठन र पुनर्गठन गरिरहेको छ । असन्तुष्ट नेताहरू जसपामा जान्छन् कि भनी चिन्ता जसपा नेपालका शीर्ष नेताहरूले चिन्ता व्यक्त गरेका छन् ।
यी सबै विषयमा जसपा नेपालको कार्यकारिणी समितिमा छलफल भइरहेको छ । तीन दिनदेखि जारीदेखि कार्यकारिणी समितिको बैठकमा बोल्ने अधिकांश नेताले असन्तुष्ट रहेका नेताहरूसँग सम्वाद गर्नु पर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले बताए ।
पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि असन्तुष्ट नेताहरूसँग सम्वाद गर्ने पक्षमा छन् । कुरा गर्न अध्यक्ष यादवलाई जिम्मेवारी दिने कि कार्यदल गठन गर्ने ती विषयमा पनि छलफल भइरहेको ती नेताले बताए ।