Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि दिए राजीनामा

राजनीतिक दल आवद्ध पत्रकारले नाङ्गो हस्तक्षेप गरेको आरोप





काठमाडौं ।
सदस्यता शुद्धीकरण विवादमा फसेको नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि राजीनामा दिएका छन् । केन्द्रीय समितिलाई सम्बोधन गरेर उनले बुझाएको राजीनामा पत्रको बोधार्थ महासचिव रोशन पुरी र उपाध्यक्ष वाला अधिकारीलाई दिएका छन् ।
पछिल्लो परिघटनामा विभिन्न राजनीतिक पार्टीका भ्रातृ संस्थाहरूले महासंघलाई आफ्नो राजनीतिक र व्यक्तिगत स्वार्थपूर्ति गर्ने मैदान बनाउँदा निर्वाचन प्रक्रिया अगाडी बढ्न नसकेको उनको भनाइ छ ।
‘राजनीतिक दल आवद्ध पत्रकारका संगठनले महासंघको विधि विधान र संरचनालाई समेत लत्याएर पत्रकारितासँग साइनो नभएका करिब साढे ४ सय व्यक्ति सदस्यका रूपमा थप्न बाध्य पार्नु नाङ्गो हस्तक्षेपको नमूना हो ‘, विष्टको भनाइ छ ।
‘पत्रकार महासंघलाई विगतदेखि निरन्तर प्रहार गरेर कमजोर बनाई आफ्नो स्वार्थ पूरा गर्न पल्केका तत्वहरूले पनि महासंघको निर्वाचनलाई अनिश्चित बनाउन निरन्तर खेलिरहेको सबैले बुझेकै तथ्य हो । सहजै निर्वाचन हुने परिस्थितीमा पनि निर्वाचन भाँड्न दिएको दबाब र पठाइएका म्यासेज त्यसैका उदाहरण हुन्’, उनले राजीनामा पत्रमा लेखेका छन् ।
महासंघ पछिल्लो पटक विकसित भएको मुलुकको राजनीतिक सत्ता समीकरणको शिकार बन्न पुगेको भन्दै उनले दलगत रूपमा अघि सारिएका प्रस्तावित उम्मेदवारको जित– हारलाई दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाउनुले थप जटिलता उत्पन्न गराएको जिकिर गरेका छन् । यसअघि अध्यक्ष विपुल पोखरेलले चुनाव गराउन नसकेपछि राजीनामा दिएका थिए ।