Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पश्चिम बङ्गालमा चिकित्सकहरूको आन्दोलन स्थगित





काठमाडौँ ।
भारतको पश्चिम बङ्गालमा चिकित्सकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । यो सँगै पछिल्लो ४१ दिनदेखि आन्दोलनमा रहेका चिकित्सकहरू काममा फर्कने भएका हुन् ।
पश्चिम बङ्गालको कलकत्तास्थित आरजी कर मेडिकल कलेज एवं शिक्षण अस्पतालमा रेजिडेन्ट चिकित्सकको ड्यूटीको बेला बलात्कार र हत्या भएपछि त्यहाँका चिकित्सकहरू आन्दोलित भएका थिए ।
जुनियर चिकित्सकहरूको सङ्गठन वेस्ट बङ्गाल जुनियर डाक्टर्स फ्रन्टले शनिवार सीबीआई कार्यालयसम्म मार्च गर्ने र घटनाको जाँच सक्दो चाँडो पूरा गर्न माग गर्ने बताएको छ । साथै सङ्गठनले बहिरङ्ग सेवा माग पूरा नभएसम्म बन्द रहने भन्दै आपतकालीन सेवा सुचारु गर्ने बताएका छन् । घटनामा संलग्न दोषीको पत्ता लगाइ चाडोभन्दा चाडो सजाय दिन, मेडिकल कलेजका पूर्व प्राधानाध्यापक डा.सन्दीप घोषविरुद्ध कडा कारबाही हुनुपर्ने, कलकत्ता प्रहरीका कमिश्नर विनित गोयर र स्वास्थ्य सचिव नारायण स्वरुपको राजीनामा, स्वास्थ्यकर्मीका लागि उचित सुरक्षा व्यवस्था र सरकारी स्वास्थ्य संस्थामा चेतावनी दिने प्रवृतिको अन्त्य हुनुपर्ने माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका थिए । यी पाँचमध्ये पश्चिम बङ्गाल सरकारले ३ मागमा सहमति जनाइसकेको छ ।
गत अगस्ट ९ मा आरजी कर अस्पतालमा कार्यरत रेजिडेन्ट डाक्टरको अस्पतालमै बलात्कारपछि हत्या भएको थियो ।