Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

संविधान दिवसको बिरोध गर्दै कालो दिन मनाउने क्रममा तमलोपाका कार्यकर्ता र प्रहरीबीच झडप





जनकपुरधाम ।
संविधान दिवसलाई कालो दिन मनाउने क्रममा तराई-मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आज बेलुकी जनकपुरधामको जनकचोकमा संविधान जारी गर्दा मधेश आन्दोलनकारीहरुमाथि भएको दमन र प्रतिगमनको प्रतीकको रुपमा पुतला दहन गर्न खोज्दा तमलोपाका कार्यकर्ता र प्रहरीबीच छिनाझपटी र झडप भएको छ । आजै बिहान तमलोपाका कार्यकर्ताहरुले स्थानीय भानुचोकमा कालो झण्डा गाडेर संविधान र मधेश आन्दोलनको क्रममा भएको दमनको बिरोध गरेका थिए ।
असोज ३ को दिन जारी भएको संविधानको घोषणा मधेश आन्दोलनकारीहरुको रगत र लाशमाथि उभिएर दमनचक्र चलाउँदै गरिएको हो । त्यसकारण यो दिन हाम्रो निमित्त कालो दिन हो र रहिरहन्छ  तमलोपाको नेता बिभा ठाकुरले बताए । कार्यक्रमको संयोजक इश्वर पण्डितले भने मधेश र मधेशीको निमित्त यो कालो दिन नै हो । यस दिनलाई हामी सदैव कालो दिनकै रुपमा मानिरहने छौं र हामीमाथि भएको दमनको स्मरण गराइ रहने छौं ।
कार्यक्रममा तमलोपाका नेताहरु असगर अली, जोगी राय, रामजी राय, भोला झा, बिन्दु ठाकुर, बिमला साह, ब्रजकिशोर सिंह, सुभाष कर्ण, रमेश अधिकारी, भगिरथ लाल, जयनाथ नायक, नबीन सिंह, आदि नेताहरुका साथै दर्जनौं कार्यकर्ताहरुको सहभागिता थियो ।