Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मोटरसाइकल चोरीमा प्रहरीको गल्ती देख्ने निर्देशक





जनकपुरधाम ।
सरकारी गाडीलाई कर्मचारीले व्यक्तिगत प्रयोगजनमा प्रयोग गरिरहेको बेला चोरी भएपछि कर्मचारीको बचाउमा मधेश प्रदेश वन निर्देशनालय जनकपुरधामका निर्देशक देखिएका छन् । मोडेल खबरसँग कुरा गर्दै निर्देशक जगरनाथप्रसाद जयसवालले चोरी रोक्नमा प्रहरी विफल साबित भएको बताए । ठाउँ–ठाउँमा मोटरसाइकल चोरी भइरहेको छ प्रहरीले ध्यान दिनुपर्छ उनले बताए ।
वन निर्देशनालयका एक कर्मचारी कार्यालय समयमा गत शुक्रवार निर्देशनालयका १२५ सीसीको अनटेस्ट पल्सर मोटरसाइकल लिएर व्यक्तिगत काममा जनकपुरधामको वकिल महल्ला पुगेका थिए त्यही बेला सो मोटरसाइकल चोरी भएको थियो ।
कार्यालय समयमा मात्रै नभइ अन्य समयमा पनि सरकारी गाडीको कर्मचारीहरु दुरुपयोग गर्ने गरेको पाइएको छ । सरकारी गाडी लिएर निर्देशक जयसवाल आफै पनि प्रत्येक साता आफनो घर वीरगञ्ज पुग्ने गर्छन् ।