Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

म्यानमारमा यागी आँधीका कारण २ सयको मृत्यु, ८० बढी बेपत्ता





एजेन्सी ।
म्यानमारमा चक्रवात ‘यागी’को प्रभावले भएको भीषण वर्षापछि आएको बाढीमा परी दुई सयभन्दा बढी मानिसको मृत्यु भएको छ । त्यहाँको सैनिक सरकारका अनुसार ८० भन्दा बढी मानिस बेपत्ता छन् । वर्षा र बाढीले म्यानमारको जनजीवन तहसनहस भएको छ । ‘यागी’ यस वर्ष एसियामा आएको सबैभन्दा शक्तिशाली आँधी हो ।
आधिकारिक तथ्यांकअनुसार यो आँधीले भियतनाम, लाओस, थाइल्यान्ड र म्यानमारमा सेप्टेम्बरको सुरुदेखि नै ५सय भन्दा बढीको ज्यान लिइसकेको छ । यागीका कारण म्यानमारमा जताततै बाढी, पहिरोजस्ता अवस्था सिर्जना भएको छ । धेरै गाउँ डुबानमा परेका छन् । यसका साथै म्यानमारमा ठूलो क्षेत्रफलमा लगाइएको बाली पनि नष्ट भएको छ ।
यहाँका पाँच लाखभन्दा बढी मानिसका लागि खाद्यान्न, पिउने पानी, बास र लत्ताकपडाको तत्काल प्रबन्ध गर्नुपर्ने अवस्था रहेको राष्ट्रसंघले बताएको छ ।