Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भेनेजुएलामा ३ अमेरिकीसहित ७ विदेशी पक्राउ, राष्ट्रपतिको हत्या योजना बनाएको आरोप





एजेन्सी ।
भेनेजुएला प्रहरीले तीन अमेरिकी नागरिकलाई पक्राउ गरेको छ । साथै तीन स्पेन र एक चेक गणतन्त्रका नागरिक पनि पक्राउ परेका छन् । बीबीसीका अनुसार उनीहरू सबैलाई देशमा अस्थिरता फैलाएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भेनेजुएलाका गृहमन्त्री डिओसडाडो काबेलोले सयौँ हतियार पनि बरामद गरिएको दाबी गरेका छन् । उनले पक्राउ परेका विदेशी नागरिकले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र अन्य उच्च अधिकारीको हत्या गर्ने योजना बनाएको दाबी पनि गरेका छन् ।
अमेरिकाले भेनेजुएलाका १६ अधिकारीविरुद्ध प्रतिबन्ध लगाएको दुई दिनपछि यो गिरफ्तारी भएको हो । यी १६ अधिकारी राष्ट्रपति निकोलस मदुरोको निकट मानिन्छन् । यसैबीच भेनेजुएला सरकारले पक्राउ परेका स्पेनी नागरिकहरू स्पेनको गुप्तचर केन्द्र सीएनआईसँग जोडिएको बताएको छ ।