Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जउवा संघको मतदानमा सहभागी हुने मतदाताका लागि आचारसंहिता सार्वजनिक





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि हुने मतदानमा सहभागी हुने मतदाताकालागि निर्वाचन समितिले आचारसंहिता सार्वजनिक गरेको छ । निर्वाचन समितिका संयोजक ललितकुमार साहले निर्वाचनमा भाग लिएका उम्मेदवारहरूसंग छलफल गरी निर्वाचन स्वच्छ, पारदर्शि, शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने गरी मतदाताहरुका लागि आचारसंहिता सार्वजनिक गरेको हो ।

आचारसंहितामा मतदान गर्न आउने मतदाताले आफनो मतदाता परिचय पत्र अनिवार्य रूपमा लिएर आउनु पर्ने, मतदाताको परिचयलाई थप पुस्टी गर्न फोटो समेत रहेको अन्य सरकारी परिचय पत्र समेत ल्याउनु पर्ने, मतदाता परिचय पत्रका अतरिक्त अन्य प्रमाण पत्र परिचय पत्र लिएर नआएको आधारमा मतदान गर्न रोक नलगाइने, मतदाता परिचय पत्र नपाएको अवस्थामा परिचय खुल्ने फोटो समेत रहेको सरकारी परिचय पत्र र स्थाई लेखा नम्बर समेत देखाएर मतदान गर्न पाउने, मतदान केन्द्रमा मोवाईल, क्यामरा प्रतिबन्ध गरिने लगायतका आचारसंहिता तय गरिएको छ ।