Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनमत पार्टी जिल्ला समिति घोषणा गर्ने तयारीमा





काठमाडौँ ।
जनमत पार्टीले जिल्ला कार्यसमिति घोषणा गर्ने तयारी गरेको छ । स्थानीय तहमा साधारणसभा गरेर समिति गठन भएसँगै पार्टीले जिल्ला समिति घोषणाको तयारी गरेको हो ।
जिल्ला समिति घोषणाको तयारी अन्तिम चरणमा रहेको जनमत पार्टीका उपाध्यक्ष ई.दीपक साहले बताए । वडा तहदेखि पालिकाका विभिन्न समितिले सिफारिस गरेको व्यक्ति जिल्ला समन्वय समितिको सदस्य हुनेछन् ।
त्यस्तै जिल्लाका निर्वाचन क्षेत्र, गाउँपालिका, नगरपालिका र वडाका अध्यक्षहरू जिल्ला समितिका पदेन सदस्य रह्ने जनमत पार्टीले जनाएको छ । त्यसैगरी जिल्ला समितिका पदाधिकारी जिल्ला समितिका सदस्यहरूबाट चयन हुने उपाध्यक्ष साहले बताए ।
सबै सिफारिस भएर केन्द्रमा आएपछि त्यसैको आधारमा केन्द्रले जिल्ला समिति घोषणा गर्ने उनको भनाइ छ । अहिलेलाई उपत्यकाका तीन जिल्लासहित तराई मधेसका जिल्ला गरी २२ वटा जिल्लाको जिल्ला समिति घोषणा गर्न लागिएको उपाध्यक्ष साहले बताए ।
पार्टीको सचिवालयले भदौ ३१ भित्र सबै तहका पार्टी सदस्यलाई आफ्नो वार्षिक लेबी बुझाउन निर्देशन दिएको छ । समयमा लेबी नबुझाउने सदस्यको नाम सम्बन्धित समितिबाट हटाउने चेतावनी समेत सचिवालयले दिएको छ । केन्द्रीय समिति तथा राष्ट्रिय परिषद् समितिका सदस्यले वार्षिक एक हजार, प्रदेश समिति सदस्य ५०० सय, जिल्ला समिति सदस्यले ४००, पालिका समितिले ३००, वडा समिति सदस्यले २०० सय र क्रियाशील सदस्यता नवीकरणबापत वार्षिक १०० रुपैयाँ बुझाउनुपर्ने सचिवालयले निर्देशन दिएको छ ।