Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लोसपा महाधिवेशनको तयारीमा जुट्यो





काठमाडौँ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल वैशाखमा गर्ने तय भएको पहिलो महाधिवेशनको तयारीमा जुटेको छ । हाल निष्क्रिय जस्तै रहेको लोसपाले वैशाख २६ गतेका लागि महाधिवेशनको मिति तय गरेपछि पार्टीका नेताहरू अहिले सक्रिय भएका हुन् ।
लोसपाले महाधिवेशनको मिति तय भएसँगै विभिन्न बैठकहरू पनि आयोजना गर्न थालेको छ भने कात्तिक मसान्तसम्म सदस्यता वितरण अभियान सम्पन्न गर्ने निर्णय गरेको छ ।
यसैबिच, महाधिवेशन तयारीका लागि लोसपा नेपालको मधेस प्रदेश समितिले भदौ ३१ गते बैठक बोलाएको छ । सो बैठकमा महाधिवेशन केन्द्रित छलफल हुने बताइएको छ ।
यस्तै पार्टीले महाधिवेशन तयारीका लागि विभिन्न समितिहरू बनाउने समेत तयारी गरेको छ । त्यसका लागि अध्यक्ष महन्थ ठाकुरले शीर्ष नेताहरूको बैठक समेत बोलाउन लागेको सो पार्टीका महासचिव मनिष मिश्रले बताए । महाधिवेशनअघि नै पार्टीलाई सुदृढीकरण गर्ने गरी कामकाजलाई अगाडि बढाउने गरी समितिहरू गठन गर्ने तयारी रहेको उनले बताए ।
पार्टीमा केन्द्रीय समितिका साथै कार्यकारिणी समिति छन् भने केही भ्रातृ संगठन रहेका छन् । त्यसबाहेक पार्टीमा अरू कुनै पनि संगठनहरु छैनन् । अब पार्टीले महाधिवेशनभन्दा पहिले सबै कमिटीहरू बनाउने तयारी गरेको उनको भनाइ छ ।
लोसपाका ३१ वटा भातृ तथा शुभेच्छुक संगठन रहेका छन् । त्यसमध्ये हालसम्म लोकतान्त्रिक विद्यार्थी संघ र लोकतान्त्रिक प्राध्यापक संघलाई मात्र पूर्णता दिइएको छ । अरू संगठनको बारेमा गृहकार्य भइरहेको छ ।
जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्थ ठाकुरले २०७८ भदौमा लोसपा नेपाल गठन गरेका थिए । लोसपा नेपालको अन्तरिम विधान अनुसार पाँच वर्ष महाधिवेशन गर्ने गरिसक्नु पर्ने उल्लेख छ । सोही विधान अनुसार महाधिवेशनको तयारीमा लोसपा लागेको छ ।