Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

फेरी सारियो पत्रकार महासंघको निर्वाचन





काठमाडौँ ।
नेपाल पत्रकार महासंघको निर्वाचन फेरि सरेको छ । केन्द्रीय साधारणसभा सम्पन्न भइसक्दा पनि मतदाता नामावलीमा भएको विवादका कारण महासंघको निर्वाचन हुन सकेको छैन । अध्यक्ष विपुल पोखरेलको राजीनामापछि उत्पन्न अन्योलका बीच महासंघले निर्वाचनको नयाँ मिति प्रस्ताव गरेको हो । कार्यवाहक अध्यक्ष रमेश विष्टले १२ असोजमा निर्वाचन गर्ने गरी नयाँ तालिका ल्याउन निर्वाचन समितिलाई पत्राचार गरिएको बताए ।
‘पछिल्लो पटक मिति २०८१ असोज ५ गते तिनै तहको निर्वाचन सम्पन्न गर्ने मिति घोषणा भइसकेको अवस्थामा अध्यक्ष विपुल पोख्रेलले विभिन्न कारण देखाउँदै राजीनामा दिनु भएपछि असहज परिस्थिति उत्पन्न भएको छ । निर्वाचनको घोषित मितिमा सामान्य हेरफेर गरी निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक परिस्थिति सृजना भएको छ,’ कार्यवाहक अध्यक्ष विष्टले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन् ।
उनका अनुसार शुक्रबारै निर्वाचन समितिलाई मतदाता नामावली समेत हस्तान्तरण गरिएको छ ।