Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लिग–२ अघि क्यानाडामा एक अभ्यास खेल खेल्ने





काठमाडौं ।
नेपाली क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अघि क्यानडामा एक अभ्यास खेल खेल्ने पक्का भएको छ । नेपाली क्रिकेट टोलीले क्यानडा डेभलपमेन्ट टोलीसँग पक्का भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
उक्त खेल शनिबार राती ७ः४५ मा प्रतिस्पर्धा गर्नेछ । क्यानडा टोलीमा नपरेका अन्य उत्कृष्ट खेलाडीहरुले उक्त खेल खेल्ने बुझिएको छ । नेपाली टोली मंगलबार राती क्यानडा गएको थियो । लिग–२ मा नेपाल, क्यानडा र ओमानबीच प्रतिस्पर्धा हुनेछ । नेपालले पहिलो खेल लिग–२ मा क्यानडासँग १६ सेप्टेम्बरमा खेल्नेछ । त्यसपछि १८ सेप्टेम्बरमा ओमान, २२ सेप्टेम्बरमा क्यानडा र २४ सेप्टेम्बरमा ओमानसँग खेल्ने तालिका छ ।
त्यसपछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा २८ सेप्टेम्बरमा क्यानडा, २९ मा ओमान, १ अक्टोबरमा क्यानडा र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।
क्यानको वार्षिक क्यालेन्डर अनुसार सेप्टेम्बरमा क्यानडासँग दुई ओडीआई खेलको सिरिज खेल्ने तालिका छ । तर हालसम्म भने उक्त सिरिज खेल्ने टुङ्गो भएको छैन । क्यानका अनुसार उक्त विषयमा छलफल भएपनि कुन टोलीसँग खेल्ने त्यो भने टुङ्गो लाग्न बाँकी छ । नेपालले उक्त सिरिज खेलेर अमेरिका जानेछ ।
नेपाल,अमेरिका र स्कटल्यान्डबीच लिग–२ मा प्रेरिरी भ्यू ह्युस्टनमा अर्को महिना हुनेछ । नेपालले २७ अक्टोबरमा अमेरिकासँग खेल्नेछ । दोस्रो खेल स्कटल्यान्डसँग २९ अक्टोबरमा र तेस्रो खेल २ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ । त्यस्तै ४ नोभेम्बरमा स्कटल्यान्डसँग खेल्नेछ । त्यसपछि यी तीन टोलीबीच टी–२० सिरिज हुनेछ ।
२०२६ डिसेम्बरसम्म चल्ने लिग–२ मा नेपाल ४ खेलमा १ मा जितसहित सातौं स्थानमा छ । आठ टोली सहभागी लिग–२ का शीर्ष चार टोलीले सोझै एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् । शीर्ष चारमा पर्न नसक्नेले प्लेअफ खेल्नुपर्ने हुन्छ ।