Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

१०० गाउँपालिकामा एकै पटक प्रमुख प्रशासकिय अधिकृतहरुको पदस्थापन





काठमाडौं ।
सरकारले एकैपटक १०० वटा गाउँपालिकाहरुमा रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा कर्मचारी खटाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एकैपटक १०० जना शाखा अधिकृतहरुको पदस्थापन गर्दै जिम्मेवारी तोकेको हो ।
१२३ गाउँपालिकाहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेकोमा अब २३ वटा मात्रै गाउँपालिकामा मात्रै पदपूर्ति हुन बाँकी छ । मन्त्रालय स्रोतका अनुसार पदस्थापन भएकाहरु सबै लोकसेवा आयोगबाट अधिकृतको परीक्षा पास गरेर हालै प्रशासनिक प्रशिक्षण पूरा गरेकाहरु हुन् ।
भदौ १३मा एकैदिन १०६ जना शाखा अधिकृतहरु स्टाफ कलेजबाट दीक्षित भएका थिए । त्यसमध्ये ३ जनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोपमा पदस्थापन भएको छ भने ३ जना महिला कर्मचारीहरुको स्वास्थ्य समस्यका कारण पदस्थापनको निर्णय भएको छैन ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका तृतीय श्रेणीका नवनियुक्त अधिकृतको आधारभूत प्रशासन प्रशिक्षणपछि भदौ १३मा दीक्षान्त समारोह गरेको थियो ।
उनीहरुलाई प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेकामध्ये आफूलाई पायक पर्ने र इच्छा भएको गाउँपालिका रोज्न दिइएको थियो । त्यसकै आधारमा सरुवाको निर्णय भएको मन्त्रालयले जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले स्थानीय तहहरुलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलाउने अवस्था अन्त्य गर्ने बताउँदै आएका छन् । रिक्त स्थानमा प्रमुख प्रशासकीय अधिकृत खटाउँदा गाउँपालिकाहरुमा सेवा प्रवाह र सुशासनको अवस्था सुध्रने मन्त्रालयको अपेक्षा छ ।
मन्त्रालयले हालै ५२ वटा जिल्ला समन्वय समितिमा इन्जिनियरहरुको पनि पदस्थापन गरेको छ । संविधान र कानुनले जिल्ला समन्वय समितिहरुलाई अनुगमनको अधिकार दिएपनि इन्जिनियरहरु नहुँदा समस्या भोग्दै आएका थिए ।
लोकसेवा आयोगबाट भर्ना भएका ५५ नयाँ इन्जिनियरमध्ये ५२ जनालाई मन्त्रालयले जिल्ला समन्वय समितिहरुमा खटाएको हो ।