Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतीय कम्युनिष्ट नेता सिताराम येचुरीको निधन





एजेन्सी ।
भारतका चर्चित कम्युनिष्ट नेता सिताराम येचुरीको निधन भएको छ । भारतीय अखबार इण्डियन एक्सप्रेसका अनुसार भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव येचुरीको दीर्घ रोगका कारण मृत्यु भएको हो । उनी ७२ वर्षका थिए ।
भारतको एम्स अस्पतालमा श्वासप्रश्वास समस्याले थलिएर पुगेका उनको निधन भएको हो । सन् २०१५ बाट भारतीय कम्युनिष्ट पार्टीको महासचिवमा चुनिएका येचुरीले नेपालको शान्ति प्रकृयाको क्रममा नेपाली दलहरूसँगको भारतीय संस्थापनको समन्वय गर्न पनि भूमिका खेलेका थिए ।
२०६२ को जनआन्दोलनमा भारतलाई नेपालका राजनीतिक दल र जनआन्दोलनप्रति नरम बनाउँन येचुरीको निर्णायकस्तरको भूमिका थियो । किनकी त्यतिबेला मनमोहन सिंह नेतृत्वको युपीए सरकारमा भारतीय वामपन्थीहरु लगभग निर्णायक संख्या अर्थात ५६ सीटसहित संसदमा थिए । वामपन्थीको समर्थन नरहँदा सरकार नै गिर्ने अवस्था आणविक विवादको बेला आएको थियो । उनले पटक–पटक नेपालको भ्रमण गरेका थिए ।