Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रास्वपाको राष्ट्रिय भेला २ दिन अगाडी सार्यो





काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला २ दिन अगाडी सारिएको छ ।
पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले भेन्युका कारण २ दिन अगाडी सारेर राष्ट्रिय भेला आयोजना गर्नुपरेको बताए । ‘असोजको १ र २ गते गते हामीले राष्ट्रिय भेला गर्ने भएका छौँ । भेन्युका कारण हामीले अगाडी नै सार्नुपरेको हो‚’ उनले भने । केन्द्रीय समिति बैठकले ३ र ४ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो । उनले महाधिवेशन २०८२ वैशाखमा गर्ने भएपनि मिति भने तोकि नसकिएको जानकारी दिए ।
उनले काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठाको हलमा भेला आयोजना गरिने जानकारी दिए । कार्यवाहक महामन्त्री बुर्लाकोटीले करिब १५ सय प्रतिनिधि सहभागी हुने जानकारी दिए ।