Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नेपालले अमेरिकामा खेल्ने लिग–२ को खेल तालिका सार्वजनिक





काठमाडौं ।
नेपालले अमेरिकामा खेल्ने आईसीसी विश्वकप लिग–२ को खेल तालिका सार्वजनिक गरेको छ ।
नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–२ मा प्रतिस्पर्धा हुनेछ । लिग–२ मा नेपालले खेल्ने सबै खेलहरु प्रेरिरी भ्यू ह्युस्टनमा राति १०ः १५ मा सुरु हुनेछन् । नेपालले पहिलो खेल २७ अक्टोबरमा अमेरिकासँग खेल्नेछ । दोस्रो खेल स्कटल्यान्डसँग २९ अक्टोबरमा र तेस्रो खेल २ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ । त्यस्तै ४ नोभेम्बरमा स्कटल्यान्डसँग खेल्नेछ । त्यसपछि यी तीन टोलीबीच टी–२० सिरिज हुनेछ ।
लिग–२ र त्रिकोणात्मक टी–२० आई सिरिज खेल्न नेपाली टोली मंगलबार राति क्यानडातर्फ गइसकेको छ । नेपालका कन्सल्टेन्ट प्रशिक्षक जगत टमाटा भने भिसा आवेदन ढिला गरेका कारण टोलीसँग जान पाएका छैनन् । नेपालले लिग २ मा क्यानडासँग १६ र २२ सेप्टेम्बरमा खेल्नेछ । त्यस्तै ओमानसँग १८ र २४ सेप्टेम्बरमा लिग–२ मा प्रतिस्पर्धा गर्नेछ ।
त्यसपछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा २८ सेप्टेम्बरमा क्यानडा, २९ मा ओमान, १ अक्टोबरमा क्यानडा र २ अक्टोबरमा ओमानसँग खेल्नेछ । क्यानडामा यी खेल सकिएपछि नेपाली टोली अमेरिका जानेछ ।