

जनकपुरधाम ।
भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता छन् । काठमाडौँमा बस्दै आएका उनी कामको सिलसिलामा जनकपुर पुगेपछि परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगुहार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनले २०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुरा गरेका थिए । सोही दिन अपराह्न ३ बजेदेखि उनको मोबाइल बन्द भएको श्रीमतीले बताएकी छन् । प्रहरीले बेपत्ता यादवको खोजतलास भइरहेको जनाएको छ ।
