Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विषययगत समितिका सदस्य हेरफेर गरियो





जनकपुरधाम ।
मधेश प्रदेशसभामा रहेका विषयगत समितिमा सदस्यहरु हेरफेर गरिएको छ । प्रदेश सभाको तेस्रो अधिवेशन अन्तर्गत बुधबार बसेको बैठकमा प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५को नियम १४६ बमोजिम गठन भएको विषयगत समितिहरूमा रहेका सदस्यहरूको समिति हेरफेर गरिएको हो ।
प्रदेशसभाहरु सदस्य गोविन्दबहादुर न्यौपाने र चन्दनकुमार सिंहलाई प्राकृतिक स्रोत तथा वातावरण समितिमा, शम्भुकुमार साह, सरिताकुमारी साह, रहबर अन्सारी, बेची लुङ्गेली र विमला अन्सारीलाई विकास समितिमा, रामरोजकुमार यादव, सरोजकुमार यादव, त्रिलोकी प्रसादलाई प्रदेश मामिला समितिबाट विकास समितिमा हेरफेर गरिएको छ । प्रदेशसभा सदस्य कृष्णप्रसाद यादव, वीरेन्द्रप्रसाद सिंह, मो. जैद आलम, केशव राय, महेश प्रसाद यादव, सरोजकुमार यादव र भरतप्रसाद साहलाई प्रदेश मामिला समितिमा, हसिना खातुनलाई प्रदेश मामिला समितिबाट अर्थ तथा योजना समितिमा, रामबाबु यादव र सञ्जयकुमार यादवलाई अर्थ तथा योजना समितिमा, अनिताकुमारी साहलाई कृषि तथा भूमि व्यवस्थापन समितिबाट अर्थ तथा योजना समितिमा राखिएको छ ।
कञ्चन बिच्छालाई अर्थ तथा योजना समितिबाट कृषि तथा भूमि व्यवस्थापन समितिमा, निलम रजक, मोहमद समिम, सिंहासन सा कलवार, सुनिता यादव, रमेशप्रसाद कुर्मी र उर्मिलादेवी सिंहलाई कृषि तथा भूमि व्यवस्थापन समितिमा, रेखा ठाकुर र युवराज भट्टराईलाई सार्वजनिक लेखा समितिमा, शारदादेवी थापा, शेखअबदुल कलाम अजाद र रन्जुकुमारी खंगलाई महिला बालबालिका तथा सामाजिक न्याय समितिमा हेरफेर गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।