Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

हथौडा हस्तान्तरण गरेर यूएन महासभाको ७९औं सत्र सुरु





काठमाडौं ।
संयुक्त राष्ट्रसंघ महासभाको ७९औं सत्र विहीबारदेखि औपचारिक रुपमा सुरु भएको छ । ७८ औं सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले ७९ औं सत्रका अध्यक्ष फिलेमान यङ्गले हथौडा हस्तान्तरण गरेपछि औपचारिक रुपमा सुरु भएको हो ।
सत्रलाई सम्बोधन गर्दै क्यामरुनका पूर्व प्रधानमन्त्री समेत रहेका यङ्गले जलवायु परिवर्तन, हिंस्रक संघर्ष र दिगो विकासको धिमा गति लगायत अन्य विश्वव्यापी चुनौतीबाट लड्नका लागि विविधतामा एकतामा आफ्नो दृष्टिकोण पेश गर्दै अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरे ।
उनले समतापूर्ण आर्थिक उन्नती हासिल गर्नुपर्नेमा जोड दिए । यसका लागि नवीनता र हरित अर्थव्यवस्थालाई प्रोत्साहन दिँदै आर्थिक विकासको लाभ हरेक देशलाई सुनिश्चित गर्नुपर्ने बताए ।
फिलेमान यङ्गले शान्ति र सुरक्षा आफ्नो मुख्य प्राथमिकता भएको बताए । यसक्रममा उलने देशहरुलाई गाजा क्षेत्र, हैटी, युक्रेन र अफ्रिकाको ग्रेट लेक्स क्षेत्रमा जारी हिंसा अन्त्यको पहल गर्न आह्वान गरे ।
साथै अन्तर्राष्ट्रिय कानुन र न्यायको फ्रेमवर्कलाई बलियो बनाउन प्रयास गर्दै मावनीय सहायताका लागि आपसी समन्वयलाई बढावा दिइने बताए ।