Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

३४ हजार बालबालिकालाई पोषणयुक्त बनाउने गरी मधेसका ५ जिल्लामा अभियान चलाइने





जनकपुरधाम ।
मधेसमा बालबालिकाहरुमा कुपोषणको अवस्था डरलाग्दो रहेको समयमा पोषणमुक्त प्रदेश बनाउने अभिप्रायले शुरु गरिएको अभियान अन्तर्गत बालबालिकाको सर्वांगिन विकासका लागि काम गर्ने भएको छ । ३ वर्षलाई लक्षित गरेर थालिएको कुपोषणविरुद्धको ’इनफ’ अभियानले बालबालिकालाई पोषिलो खानेकुरामा पहुँच पु¥याउने लक्ष्य लिइएको छ ।
मधेसको ५ जिल्लाका ३४ हजार बालबालिकाको सर्वांगिन विकासका लागि काम गर्ने हाम्रो लक्ष्य रहेको अभियानको फिल्ड अपरेशन म्यानेजर विनय अमात्यले बताए । उनले पोषणलाई केन्द्रमा राखेर बालबालिकाको सर्वांगिन विकासका लागि काम गर्ने स्पष्ट गरे । उनले भने ‘बालबालिका पोषणयुक्त भए शारिरिक तथा मानसिक विकास हुनुका साथै शैक्षिक स्तर पनि बढ्ने छ ।’ अमात्यले बालबालिका पोषणयुक्त खाना नपाए उसको भविष्य पनि कुपोषित हुने तर्फ सचेत हुनु आवश्यक रहेको बताए ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारी र एकिकृत ग्रामिण विकास समाज महोत्तरी, राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्र सर्लाही, ग्रामिण विकास केन्द्र रौतहटद्वारा संचालित पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना अन्तर्गत संचारकर्मीहरुसंग गरिएको अन्तरकृया कार्यक्रममा अभियानका निति तथा संचार विज्ञ प्रमिल अधिकारीले मधेशमा जन्मिने धेरैजसो बालबालिकाको तौल जन्मिँदै कम हुन्छ । शारीरिक अवस्था कमजोर देखिन्छ,’ उनले भने‘त्यो भन्दा डरलाग्दो के छ भने आमाको स्वास्थ्य अवस्था पनि कमजोर नै देखिन्छ । खानेकुरा मधेशमा पर्याप्त रहे पनि हाम्रो फूड ह्याविट सच्याउने बेला भएको छ ।’
उनले कुपोषित बालबालिकाका लागि पोषणयुक्त खानेकुराका लागि प्रदेश सरकारले अभियान नै सञ्चालन गरिएको जानकारी दिए । कार्यक्रममा दुई दर्जनभन्दा बढी संचारकर्मीहरुको सहभागिता रहेको थियो ।