Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मेरो प्रतिस्पर्धामा कोही छैनः मनिषरमण साह(भिडियो सहित)

‘तस्करका एजेण्ट व्यापारी वा व्यापारी नेता हुनै सक्दैनन्’





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार मनिषरमण साहले मेरो प्रतिस्पर्धा कसैसंग नरहेको प्रतिक्रिया दिएका छन् । उनले उद्योग वाणिज्य संघको निर्वाचनमा आफ्नो कसैसंग प्रतिस्पर्धा नरहेको र हरेक व्यापारीको मनमा आफू रहेकाले मेरो जीत सुनिश्चित रहेको दावी गरे ।
मोडेल खबरसँग कुरा गर्दै उनले भने ‘ म शुरुमा कन्फ््युज थिएँ मेरो प्रतिस्पर्धा कोसंग छ सोचेर तर उम्मेदवारीपछि व्यापारी साथीहरुको माया स्नेह देखेर आफ्नो प्रतिस्पर्धा कसैसंग नरहेको पाएँ ।’ अगाडी भने ‘म अंकगणितमा विश्वास गर्दिन, व्यापारीहरुको मनमा छँदैछु, अब त्यसलाई उनै साथीभाईले मतमा बदलेर मेरो जीतलाई सुनिश्चित पार्नु हुनेछ ।’ मेरो लागि नम्बर १ सधैभरी यहाँको व्यापार व्यवसाय, जनकपुरधाम रह्ने छ, त्यसपछि मात्रै अरु केही होला मनिरमणले भने ।
आफू तडक भडक गरेर प्रचार गरेर जित्न चाहन्न, म चुनावमा जति कम खर्च गरेर चुनाव हो त्सको पक्षमा रहेको बताए । मैले चुनाव प्रचार प्रसारको क्रममा पैसाको खोलो बगाएको विषय झुठो हो, मैले जुन डायरी बाँडेको छु त्यो डायरी पनि एक जना साथीले छपाएर ल्याएपछि घरमै राख्न नसक्ने देखेर व्यापारी साथीहरुलाई बाँडेको स्पष्ट पारे ।
जनकपुरधाममा केही तस्करका एजेण्टहरु सक्रिय रहेकाले जनकपुरधामको बजार व्यवसाय फस्टाउन नसकिरहेको उनले आरोप लगाए । त्यस्ता एजेण्टहरु कहिल्यै व्यापारी वा व्यापारीका नेता हुनै नसक्ने उनको भनाई थियो ।
मनिषरमणको एजेन्डाहरु के के छन् ? प्रचारप्रसार कसरी अगाडी बढाई रहेका छन् लगायतका विषयमा मोडेल खबरका सम्पादक सुजीत कुमार झाले कुराकानी गरेका छन् । मनिषरमण साहसंगको कुराकानी (12) Model Khabar – YouTube हेर्न सकिन्छ ।