Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधाम उपमहानगरबिरुद्ध एनप्याब्सन उच्च अदालतमा

कागजात लिएर उपस्थित हुन उपमहानगरलाई उच्च अदालतको आदेश





जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिकाले गत वर्ष नगरमा संचालित निजि विद्यालयहरुको अनुगमन गरेको थियो । अनुगमनको क्रममा जनकपुरधामका ११भन्दा बढी निजि विद्यालय दर्ता बिनै संचालनमा रहेको पाइएको थियो भने केही निजि विद्यालयहरुमा कागजात चुस्त देखिएको थिएन । दर्ता बिनै संचालनमा रहेका विद्यालयहरु बन्द हुनु पर्ने प्याब्सन, एनप्याब्सन लगायतका संस्थाहरुले माग गर्दै आईरहेका थिए ।
तर उपमहानगरले ती विद्यालयहरुलाई बन्द नगराएपछि एनप्याब्सन जनकपुरधाम उपमहानगरपालिका बिरुद्ध उच्च अदालत जनकपुरमा पुगेको छ । दर्ता नरहेको विद्यालय बन्द हुनुपर्ने अडान हाम्रो माग रहँदै आएको छ तर उपमहानगर त्यसमा तयार भएन, एनप्याब्सन जनकपुरधामका नगर अध्ययक्ष दीपक ठाकुरले भने ‘अन्त्यमा बाध्य भएर अदालतको सहारा हामीलाई लिनु परेको छ ।’ एनप्याब्सनले उपमहानगर बिरुद्ध परमादेश मुद्दा दर्ता गराएकोे हो ।
एनप्याब्सनको परमादेश मुद्दामा उच्च अदालत जनकपुरधामले उपमहानगरलाई कारण देखाउनुका साथै अनुगमनका कागजात लिएर उपस्थित हुन भनेको छ ।