Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दिए राजिनामा





जनकपुरधाम ।
नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित देखेपछि पोखरेलले राजनीनामा दिएका हुन् ।
पत्रकार महासघको आइतबार केन्द्रीय समितिको बैठक थियोे । बैठकमा मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नुपर्ने अडान केन्द्रीय अध्यक्षले राखेपनि विवाद समाधान भएपछि मात्रै नामावली सार्वजनिक गर्नुपर्ने अन्य सदस्यहरुले भनेका थिए ।
नामावली सार्वजनिक गर्न नसकेपछि अब असोज ५ का लागि तय गरिएको अधिवेशन हुन नसक्ने लगभग निश्चित भएको छ ।
पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको अवधि चैतमा नै सकिएको हो । महासंघले असोज ५ लाई नयाँ निर्वाचनको मिति तोकिएको थियोे । असोज ५ सहित हालसम्म तीन पटक निर्वाचनको मिति तोकि सकिएको छ ।