

जनकपुरधाम ।
जनकपुरधाममा ४ दिवसीय गणेश पूजा महोत्सव जारी रहेको छ । शनिबारबाट गणेश चतुर्थीको अवसरमा शुरु भएको महोत्सवलाई लिएर जनकपुरधामको रामचोकस्थित गणेश मन्दिरमा दर्शनार्थीहरुको घुइचो छ । गणेश पूजा महोत्सवलाई लिएर गणेश मन्दिरलाई भव्य सिंगारिएको छ । महोत्सवको अवसरमा मन्दिरमा भव्य पूजा अर्चनाका साथै आरतीको आयोजना गरिएको हो ।





फोटोः अलाउदिन साफी
