Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतमा पनि भेटियो मंकीपक्सका शंकास्पद बिरामी





एजेन्सी ।
विश्वका धेरै देश यतिबेला मंकीपक्स संक्रमणको सामना गरिरहेका छन् । अफ्रिकी मुलुकबाट सुरु भएको यो भाइरल संक्रमण अमेरिका–बेलायतलगायत एसियाका धेरै देशमा फैलिँदै गएको छ ।
यसैबीच भारतमा पनि एकजना मंकीपक्सका शंकास्पद बिरामी भेटिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले यो जानकारी दिएको हो । तर शंकास्पद बिरामीबारे धेरै जानकारी दिइएको छैन । ती व्यक्तिले हालै मंकीपक्स संक्रमणबाट पीडित देशको यात्रा गरेको मन्त्रालयले जनाएको छ । हाल उनी मंकीपक्सका लागि तोकिएको अस्पतालमा आइसोलेसनमा छन् ।
हाल शंकास्पद बिरामीको अवस्था स्थिर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंकीपक्स हो÷होइन निर्क्यौल गर्न बिरामीको नमुना परीक्षण गरिँदै छ । मंकीपक्सबाट मध्य र पश्चिमी अफ्रिकाका देशहरू सबैभन्दा बढी प्रभावित छन् । कंगोमा हालसम्म १८ हजारभन्दा बढी शंकास्पद घटना रिपोर्ट गरिएका छन् भने कम्तीमा ६१० जनाको ज्यान गएको छ । हालैका रिपोर्टअनुसार छिमेकी देश पाकिस्तानमा संक्रमणको पाँचौँ घटना प्रकाशमा आएको छ ।
मंकीपक्स धेरै अवस्थामा गम्भीर र घातक मानिने भएकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसलाई विश्व स्वास्थ्य आपत्काल घोषणा गरेको छ । मंकीपक्सको बढ्दो खतरालाई ध्यानमा राख्दै भारतमा पनि अलर्ट जारी गरिएको छ ।