Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतको मणिपुर राज्यमा फेरि भड्कियो हिंसा, ५ जनाको मृत्यु





एजेन्सी ।
भारतीय राज्य मणिपुरमा पूर्वमुख्यमन्त्रीको घरमा आक्रमणको भोलिपल्ट शनिबार (सेप्टेम्बर ७) फेरि हिंसा भड्किएको छ । भारतीय अनलाइन दैनिक भास्करका अनुसार जिरिवाम जिल्लामा आज बिहान भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको छ ।
इम्फालमा रहेको मणिपुर राइफल्सको मुख्यालयमा भीडले आक्रमण गरेको छ । सुरक्षाकर्मीको जवाफी कारबाहीमा ५ जना घाइते भएका छन् । प्रहरीका अनुसार पहिलो घटना जिल्ला सदरमुकामबाट करिब सात किलोमिटर टाढा जिरिवाममा भएको हो ।
संदिग्ध पहाडी लडाकुहरूले घरमा घुसेर सुतिरहेका एक वृद्धलाई गोली हानेर हत्या गरेका छन् । कुलेन्द्र सिंह नामका व्यक्ति मारिएका हुन् । उनी घरमा एक्लै बस्थे ।
वृद्धको हत्यापछि जिरिवाममा कुकी र मैतेई समुदायबीच गोली हानाहान भएको थियो । जसमा ४ जनाको मृत्यु भएको छ । बिहानैदेखि उक्त क्षेत्रमा लगातार गोली चलेको खबर छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।