Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

केन्याको एक स्कुलमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु





एजेन्सी ।
केन्याको एक स्कुलमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार राति न्येरी काउन्टीस्थित हिलसाइड एंडराशा प्राइमरी स्कुलमा आगलागी भएको थियो ।
कैयौं विद्यार्थीहरु गम्भीर घाइते भएर अस्पताल भर्ना भएकाले प्रहरीले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरेको छ । प्रहरीले घटनाबारे छानबिन सुरु गरेको छ ।
यो एउटा निजी स्कुल भएकाले ६ देखि १४ वर्षसम्मका विद्यार्थी पढ्दै आएका छन् । समाचार एजेन्सी एएफसीका अनुसार उक्त स्कुलमा ८ सय बच्चा अध्ययन गरिरहेका छन् । केन्याली राष्ट्रपति विलियम्स रूटोले घटनालाई भयानक र विनाशकारी बताएका छन् ।