Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रास्वपाको मधेस प्रदेशस्तरीय विस्तारित बैठक सर्लाहीमा





जनकपुरधाम ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशको विस्तारित बैठक सुरू भएको छ । सर्लाहीको लालबन्दीमा बैठक बसिरहेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
बैठकमा सहभागी हुन सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले, प्रवक्ता झालगायतका नेता सर्लाही पुगेका छन् । बैठकमा प्रदेश समिति र विभाग तथा जिल्ला समितिका पदाधिकारी सहभागी छन् । बैठक सुरु हुनुअघि लालबन्दीमा सभापति लामिछाने, उपसभापति वाग्लेसहितको उपस्थितिमा ¥याली गरिएको थियो । रास्वपाले असोज पहिलो साता राष्ट्रिय भेला गर्दैछ ।
भेलाअघि सभापति लामिछानेको उपस्थितिमा सबै प्रदेशमा बैठक गर्ने केन्द्रीय समितिको निर्णय अनुसार आज मधेश झरेका हुन् ।