Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

महाराष्ट्रमा छत्रपति शिवाजीको प्रतिमा ढलेपछि मूर्तिकार पक्राउ





एजेन्सी ।
भारत महाराष्ट्रमा निर्मित छत्रपति शिवाजी महाराजको प्रतिमा ढलेपछि प्रतिमा बनाउने व्यक्ति पक्राउ परेका छन् ।
भारतको सरकारी समाचार एजेन्सी पीटीआईका अनुसार सिन्धुदुर्ग प्रहरीले मूर्तिकार जयदीप आप्टेलाई पक्राउ गरेको हो । उनलाई विहीबार नै अदालत पेश गर्ने तयारी छ । भारत महाराष्ट्रको सिन्धुदुर्ग जिल्लामा पर्ने राजकोट गढीमा नौ महिना अघि मात्र स्थापित छत्रपति शिवाजी महाराजको ३५ फिट अग्लो प्रतिमा हावाका कारण ढलेर टुक्राटुक्रा भएको थियो ।

उक्त प्रतिमाको अनावरण प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२३ को डिसेम्बर ४ मा गरेका थिए । आलोचकले प्रतिमाको गुणस्तर र प्रतिमा अनावरण गर्ने सरकारको हतारोमा प्रश्न उठाउँदै आएका थिए ।
त्यसपछि प्रधानमन्त्री मोदी, महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्धे, उपमुख्यमन्त्री अजित पवार लगायतले माफी मागेका थिए । यद्यपि विपक्षीले सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेका थिए ।