Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सिरहाका रुपेशको मलेशियामा संगै काम गर्ने साथीले गरे हत्या





जनकपुरधाम ।
सिरहाको विष्णुपुर गाउँपालिका–२ राजपुर निवासी २२ वर्षीय रुपेश यादवको आफ्नै साथीले हत्या गरेको छ ।
मलेसियास्थित एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले रुपेशको पेटमा चक्कु प्रहार गरी हत्या गरेका हुन् । वैदेशिक रोजगारको क्रममा २ वर्षअगाडि मलेसियास्थित सुपरमार्केटमा पुगेका रुपेशलाई उनीसँगै काम गर्ने नेपाली युवक निलम गुरुङले हत्या गरेको परिवारजनले जनाएका छ्न ।
घटनाको जानकारीपछि मलेसिया प्रहरीले तत्कालै निलमलाई नियन्त्रणमा लिएको छ । यादवको हत्याले गाउँ र परिवार शोकमा डुबेको छ । घटनामा संलग्नलाई कडाभन्दा कडा सजायको माग गर्दै परिवारजन र स्थानीयले सरकारसँग उचित पहलको अपील गरेका छन् ।
यो घटनाले वैदेशिक रोजगारमा गएका नेपाली आफ्नै साथीबाट असुरक्षित रहेको देखाएको छ । रुपेशको शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको छ ।