Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

इजरायली प्रधानमन्त्रीले मागे माफी, हमासले दियो नयाँ धम्की





एजेन्सी ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार गाजामा मृत फेला परेका ६ जना इजरायली बन्धकलाई जीवितै फिर्ता गर्न असफल भएकामा आफ्ना नागरिकसँग माफी मागेका छन् । अर्कातर्फ हमासले युद्धविराम सम्झौता नभए अन्य बन्धकहरू पनि ‘कफनमा घर फर्किने’ चेतावनी दिएको बीबीसीले जनाएको छ ।
आफूविरुद्ध प्रदर्शन देशमा प्रदर्शन जारी रहेका बेला इजयराली प्रधानमन्त्री नेतान्याहुले जनतासँग क्षमा मागेका हुन् । नेतान्याहुले आफ्ना प्रियजनलाई ११ महिनापछि पनि घर फर्काउन नसकेकामा आक्रोश व्यक्त गर्दै सोमबार बन्धकका परिवारले विरोध प्रदर्शन गरेका थिए ।
अर्कातर्फ बेलायतले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्न प्रयोग हुन सक्ने भन्दै इजरायललाई थप हतियार दिन प्रतिबन्ध लगाएपछि अन्तर्राष्ट्रिय स्तरमा पनि दबाब बढ्दै गएको छ । तर इजरायली प्रधानमन्त्री अझै पनि आफ्नो अडानमा अडिग छन् र गाजाको फिलाडेल्फिया कोरिडोरलाई इजरायली सेनाले नियन्त्रणमा लिन आवश्यक रहेकामा जोड दिएका छन् । हमाससँगको वार्तामा यो करिडोर प्रमुख मुद्दा बनेको छ ।