Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जउवासंघको उम्मेदवारहरुको नामावली सार्वजनिक, १७ पदमा ४३ जनाको उम्मेदवारी

अध्यक्षमा मनिष, जितेन्द्र र सुरेन्द्र बिच प्रतिस्पर्धा हुने





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको भदौ २९ गते हुने निर्वाचनका लागि उम्मेदवारहरुको नामावली आज साँझ सार्वजनिक गरिएको छ । निर्वाचन समितिका प्रमुख ललित साहका अनुसार विभिन्न १७ वटा पदमा ४३ जना उम्मेदवारी दिएका छन् । आज बिहान १० बजेदेखि जुलुसका सँग उम्मेदवारहरु उम्मेदवारी दर्ता गराउन जनकपुरधाम उद्योग वाणिज्य संघ पुगेका थिए ।
अध्यक्ष पदमा मनिषरमन साह, जितेन्द्रप्रसाद साह र सुरेन्द्रकुमार भण्डारी मालीले उम्मेदवारी दिएका छन् ।
वरिष्ठ उपाध्यक्ष पदमा मनोजकुमार साह, विकासकुमार चौधरी र अम्भुप्रसाद साह, उपाध्यक्षमा लक्ष्मण साह, विश्वनाथ साह सुडी, महिला उपाध्यक्ष रिंकु साह, माया कुमारी, सरिता ठाकुर, महासचिव पदमा फुलदेव पंडित, गणेशकुमार साह, अशोककुमार चौधरी र सुधीर पजियार उम्मेदवार रहेका छन् ।
यसैगरी सचिव पदमा नरेन्द्रविक्रम साह, मनोजकुमार शर्मा, राकेशकुमार साह, परमेश्वर साह, एशोसिएट सदस्यमा दिपककुमार साह, अभिषेककुमार चौधरीले उम्मेदवारी दिएका छन् । कार्यकारी सदस्यमा रमेश महतो, संतोषकुमार गामी, मणिशंकर प्रसाद साह, दुर्गेशकुमार साह, दिपमणि साह, प्रवीणकुमार साह सोनार, सुरेन्द्र दास, धर्वेन्द्र साह, गौरीशंकर साह, निरजकुमार साह, रामजीवन साह, राकेशकुमार साह, जीवछ साह, वलरामकुमार साह, धु्रबकुमार साह, सुनिल दास कथबनियाले उम्मेदवारी दिएका छन् ।
यसैगरी सम्बद्ध सदस्यमा जनकपुर कपडा तथा रेडिमेड र जनकपुर सुनचाँदी व्यवसायी संघले उम्मेदवारी दिएका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघमा कुल ४ हजार ७६ मतदाता रहेका छन् ।