Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जगदम्बाश्री पुरस्कार भाषाविद् योगेन्द्र यादवलाई





जनकपुरधाम ।
२०८० सालको जगदम्बाश्री पुरस्कार भाषाविद् योगेन्द्र यादवलाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारणसभा बैठकबाट भाषाविद् प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । पुरस्कारको राशि ४ लाख रुपैयाँ रहेको छ।
विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई जगदम्बाश्री पुरस्कार दिइँदै आएको छ । जगदम्बाश्री पुरस्कार २०४५ सालदेखि दिन थालिएको हो । पहिलोपटक उक्त पुरस्कार नारायणगोपाललाई प्रदान गरिएको थियो । रानी जगदम्बाकुमारी देवीको स्मृति चिरस्थायी राख्ने उद्देश्यले गुठीले जगदम्बीश्री पुरस्कार स्थापना गरेको थियो ।