Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आज विश्व बेपत्ता विरुद्धको दिवस





काठमाडौं ।
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष अगस्ट ३० तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालमा १० वर्षे लामो सशस्त्र द्वन्द्वका क्रममा सुरक्षा फौज र तत्कालीन विद्रोही माओवादीबाट ठूलो संख्यामा नागरिक बेपत्ता पारिएको थियो ।
२०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको ६० दिनभित्र सूचना सार्वजनिक गरी परिवारलाई जानकारी गराउने भनिए पनि पूरा भएको छैन । द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि गठित आयोगमा दुई हजारभन्दा धेरै उजुरी परेको छ ।
आज दिवस मनाइरहँदा सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएकाका आफन्तहरुले छिटोभन्दा छिटो सत्य पत्ता लगाइदिन आग्रह गरेका छन् । राज्यबाट पटकपटक पीडितहरूलाई झुक्याइएको उनीहरुको गुनासो छ । दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका कतिपय प्रावधान पीडितमैत्री नभएको पनि उनीहरुले गुनासो समेत गरेका छन् ।