Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

यातायात कार्यालयहरुको कार्यालय प्रमुखहरुको सरुवाको तयारी

जनकपुरधाम कार्यालयमा सिंहको चर्चा, लहानमा वीरेन्द्र





जनकपुरधाम
डिभिजन वन कार्यालयपछि यातायात कार्यालयका प्रमुखको सरुवाको मुख्यमन्त्री कार्यालयले तैयारी गरिरहेको छ । जनकपुरधाममा पाँच वर्षदेखि लगातार प्रमुख रहेका वीरेन्द्र साहलाई यातायात कार्यालय लहान सरुवा गर्ने तैयारी भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । लहानका कार्यालय प्रमुख कुशेश्वर साह लाई जनकपुरधाम र धर्मेन्द्र कर्णलाई वीरगञ्ज पठाइने बताइएको छ । कर्ण घरेलु तथा साना उद्योग कार्यालय वाराका प्रमुख रहेका छन् । घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख धनंजय सिंह जनकपुरधाम यातायात कार्यालयमा आउन पैरवी गरिरहेका छन् ।
जनकपुरधाम, लहान र वीरगञ्जको कार्यालय प्रमुखमा नवौ, दशौ तह अर्थात उपसचिवको दरबन्दी रहेको छ भने प्रदेशका अन्य स्थानमा सातौ तहका कर्मचारीलाई प्रमुख बनाउने गरिन्छ

अन्य जिल्लाको प्रमुख कसलाई बनाइने सम्बन्धमा अहिले तय भएको छैन । जसपा नेतृत्व गरेको सरकारमा मुख्यमन्त्री कार्यालय सरुवामा प्रमुख भूमिका खेल्ने गथ्र्यो अहिले मन्त्रीहरु प्रभावी देखिएका छन् । वन मन्त्रालयमा मन्त्री त्रिभुवन साहको चलेको छ । भने श्रम तथा यातायात मन्त्री कौशल यादवको चल्ने देखिएको छ । कार्यालय प्रमुख बन्न अधिकृतहरु लाखो रुपैया खर्च गर्ने स्रोतले जनाएको छ ।
अहिले जनकपुरधाम कार्यालय प्रमुखमा वीरेन्द्र साह, वर्दिवास प्रमुखमा राजकिशोर साह, मलंगवा प्रमुखमा राकेश यादव, गौर प्रमुखमा अरविन्दर दास, कलैया प्रमुखमा अहमद नबाज हुसैन, वीरगञ्ज प्रमुखमा कमल गौतम, सिरहा प्रमुखमा कुशेश्वर साह र राजविराज प्रमुखमा कामेश्वर रोहित रहेका छन् । कार्यालय प्रमुखहरुको एकदूई दिन भित्रै सरुवा गरिने छ ।