Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सिरहा वन कार्यालयद्वारा ३५०केजी खोटेसल्लाको जरा बरामद





जनकपुरधाम ।
डिविजन वन कार्यालय सिरहाले ३ सय ५० केजी खोटेसल्लाको जरा बरामद गरेको छ । मधेस प्रदेश सरकारले डिएफओहरुको सरुवा गरेको एक दिन नबित्दै डिविजन वन कार्यालय सिरहाको गस्ती टोलीले खोटेसल्लाको जरा बरामद गरेको हो ।
प्रदेश सरकारले त्यहाँका डिएफओ सुजीत कुमार झाको सरुवा रौतहट गरिसकेको छ । यद्यपि त्यहाँ कसलाई डिएफओ बनाएर पठाउने विषयमा निक्र्यौल लाग्न सकेको छैन । सिरहाका डिएफओ झाको सरुवा भईसकेपनि उनले रमाना लिएका छैन ।
झाले सरुवाको हल्लाका बिच सिरहामै नियमित गस्तीलाई सक्रिय बनाएका छन् । झाको सरुवा हल्लाका बिच सिरहास्थित स डिभिजन वन कार्यालय, धनगढीको संयुक्त गस्ती टोलिले घनगढीमाई नगरपालिका वडा नम्बर १४मा चुरे वन क्षेत्रबाट ल्याउदै गरेको अवस्थामा ७ वटा बोरामा राखिएको खोटेसल्लाको जरा बरामद गरेको हो ।