Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

युक्रेन भ्रमण लगत्तै मोदीलाई बाइडेनको फोन





एजेन्सी ।
अमेरिकाका राष्ट्रपति जो बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनवार्ता गरेका छन् ।
मोदीले सोसल मिडिया प्लेटफर्म एक्समार्फत दिएको जानकारीअनुसार दुई नेताबीच युक्रेन, बंगलादेशलगायत धेरै क्षेत्रीय र विश्वव्यापी मुद्दामा फोनवार्ता भएको हो । ह्वाइट हाउसले पनि विज्ञप्ति जारी गरी राष्ट्रपति बाइडेनले भारतीय प्रधानमन्त्री मोदीसँग कुरा गरेको बताएको छ ।
उनीहरूबीच मोदीले हालै गरेका पोल्यान्ड र युक्रेन भ्रमण तथा सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको महासभाबारे छलफल भएको बताइएको छ ।
विज्ञप्तिमा राष्ट्रपति बाइडेनले प्रधानमन्त्री मोदीलाई पोल्यान्ड र युक्रेनको ऐतिहासिक भ्रमण तथा ऊर्जा क्षेत्रका साथै युक्रेनमा शान्ति र मानवीय समर्थनका सन्दर्भमा उनको सन्देशको प्रशंसा गरेको उल्लेख छ । बाइडेनले भनेका छन्– मैले प्रधानमन्त्री मोदीसँग पोल्यान्ड र युक्रेनको हालैको भ्रमणबारे छलफल गरेँ र उनको शान्तिको सन्देश र युक्रेनका लागि जारी मानवीय सहयोगको प्रशंसा गरेको छु ।
बाइडेनले अगाडि भनेका छन्– हामीले इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति र समृद्धिमा योगदान पु¥याउन सँगै काम गर्ने हाम्रो प्रतिबद्धता दोहो¥याएका छौँ । भारत र अमेरिकाले यी दुई नेताबीच भएको कुराकानीबारे छुट्टाछुट्टै वक्तव्य जारी गरेका छन् ।
भारतले आफ्नो वक्तव्यमा बंगलादेशको मुद्दामा वार्ता भएको जानकारी दिएको छ । तर, अमेरिकाले जारी गरेको विज्ञप्तिमा बंगलादेशको नाम उल्लेख गरिएको छैन ।