Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पर्साका १२ पालिकामा जग्गा कित्ताकाटमा रोक लगाइयो





जनकपुरधाम ।
पर्साको १२ वटा पालिकामा आइतबारदेखि जग्गा कित्ताकाटमा रोक लगाइएको छ । भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका प्रमुख डमरु निरौलाका अनुसार, सरकारले भूउपयोग नियमावली अनुसार कृषि र गैरकृषि जग्गाको वर्गीकरण अद्यावधिक गर्नुपर्ने निर्देशन दिएपछि यो निर्णय गरिएको हो ।
सरकारले २०७९ जेठमा जग्गाको वर्गीकरण गरेर भूउपयोग नियमावली लागू गरेको थियो, जसमा कृषि, औद्योगिक, आवासीय, सामाजिक, नदी, पोखरी लगायत सातवटा क्षेत्रगत वर्गीकरण गर्नुपर्ने प्रावधान राखिएको थियो ।
पालिकाहरूले हरेक वर्ष असार मसान्तसम्म उक्त वर्गीकरण अद्यावधिक गर्नुपर्ने प्रावधान अनुसार १२ वटा पालिकाले वर्गीकरण अद्यावधिक नगरेका कारण आइतबारदेखि वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, पर्सागढी नगरपालिका, सखुवाप्रसौनी गाउँपालिका, ठोरी गाउँपालिका, जीराभवानी गाउँपालिका, कालिकामाई गाउँपालिका, जगरनाथपुर गाउँपालिका, पटेर्वासुगौली गाउँपालिका, धोबिनी गाउँपालिका, छिपहरमाई गाउँपालिका, र पकाहामैनपुर गाउँपालिकामा जग्गा कित्ताकाट रोकिएको छ ।
यद्यपि, बहुदरमाई नगरपालिका र विन्ध्यवासिनी गाउँपालिकाले आफ्नो वर्गीकरण नक्शा अद्यावधिक गरिसकेको हुँदा ती पालिकाहरूमा जग्गा कित्ताकाट प्रक्रिया यथावत् रहनेछ ।
प्रमुख निरौलाका अनुसार, रोक लगाइएका १२ वटा पालिकामा अंशबन्डा, अंश भरपाई, र मोहीको बाँडफाँट भने यथावत् रूपमा जारी रहनेछन् । तर, खरीद–बिक्री प्रक्रिया पूर्णरूपमा बन्द हुनेछ ।